म मरेँ भने तिमी हाँसीदिनु !

प्रसिद्ध गायक अरूण थापाको समृति दिवसमा सवैप्रथम भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु । लोकप्रिय गायक अरूण थापाले आफ्ना गीतमा भनेका छन्–
म मरेँ भने तिमी हाँसी दिनु !

सायद यो गीत केवल शब्द संयोजन मात्र होइन, मानव भावनाको प्रतिबिम्व पनि हो । मान्छेका हृदय, अन्तरमनको प्रस्तुति पनि हो । जब मानिस पे्रमको सागरमा पौडन खोज्छ उसका लागि आफ्ना अन्तर अवशेष पनि अरूका खुशीका लागि भइरहोस् भन्ने चाहना राख्दछ ।

यस्तै भावना बोकेका कालजयी गीतका सर्जक अरूण थापा दार्जलिङमा पढेर एउटा कालखण्डमा पोखरालाई कर्मथलो बनाए । आफ्ना बाबु गन्ज थापा नेपाल बैंकको मेनेजर भएर पोखरा आएसँगै पोखराको सांगीतिक फाँटमा उदाए अरूण थापा । शुरुमा उनको जति माया लाए पनि जति कसम खाए पनि गीतले उनलाई नेपाली संगीत आकाशमा जुरुक्क माथि उचाल्यो । स्वयं पनि पे्रम वियोगी बनेका थापालाई अर्का पे्रम वियोगी विनोद गौचनले साथ दियो । त्यसबेला यो गीत रेडियो नेपालमा सर्वाधिक बज्ने गीतमा पर्दथ्यो । उनले शुरुका दिनमा भन्ने गर्दथे–
ऋतुहरूमा तिमी हरियाली बसन्त हौं
नदीहरुमा तिमी पवित्र गंगा हौं ।

माता सरस्वतीका परम उपासक अरूण स्वर र साधनामा परिपक्क भएता पनि रक्सी, चुरोट र नशालु पदार्थको सेवनमा कम थिएनन् । धेरैले उनको गलामा माता सरस्वतीको बास छ भन्नेहरू कम थिएनन् । उनलाई कवि, कलाकारहरू आफन्त बनाएर गीत गाइदिए हुन्थ्यो भन्नेहरू पोखरामा प्रशस्तै थिए । नशामा डुबेर पनि पे्रममय गीतमा धुनहरु उनी रच्थे । उनले विक्रम गुरुङको शब्दलाई संगीतमा उतार्दै गाउन थाले
आँखाको निद खोसी लगे ….

अरूणको मिठो आवाजका कारण उनलाई साथ दिनेहरू पनि कम थिएन । उनको जीवनमा मुना पनि सहारा बनेर आएकी थिइन् । अरूणलाई कुलतबाट जोगाउन उनले अथक प्रयास गरिन् तर पनि हारिन् । बरु विवश भएर अरूणलाई नै छोडेर गईन् । अरूणलाई चोट माथि चोट पर्न गयो । उनले नशाको स्वरमा भएपनि गीत गाए ।
चोट के हो व्यथा के हो ? अनि बरु भुलेछु नशाहरु तिमीलाई भुल्नै सकिन ।

वि.सं. २०३९ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा अरूण प्रथम बनेको थियो । उनका प्रतिमाहरु कुलतका अगाडि जतिसुकै बलिया भएपनि जीवन रित्याउनका लागि काफी थियो । उनका सारा कमाई त्यही कुलतमा जान्थ्यो । सारा प्रतिष्ठा जेलनेलसँग साटिरहे । पछि उनी नराम्ररी बिरामी भए । कमजोर भए साथ दिने पनि भएनन् अन्तमा उनले विवश भएर भने
म रोएँ भने तिमी हाँसिदिनु !
म मरे भने तिमी हाँसिदिनु