आकाश अधिकारी
कैयौं पटक आफ्नै छाती चिरी हेरें मैले
छातीभित्र मुटुमाझ थियौ तिमी जहिले ।
माया त हो प्राण वायु बाहिर देखिदैन
नामो निशान मेटे पनि माया मेटिदैन
सम्झनामा आउने गर्छौ कसो गरु मैले?
छामी हेर्छु हृदयमा भेटिहाल्छु जहिले. ।
उज्यालोको पर्याय तिम्रो माया बन्यो
लाखौं पटक यो मनले किन यही भन्यो ?
बिहानको हिमाल झैं हाँसी दिदा तिम्ले
रात पनि प्रभात बन्छ सम्झनू है जहिले ।




