असारे गीत

१) झम्झम पानीअसारे महिना खेतको गह्रामा
यो जीवन धान्न धानको गुभो रोप्ने हो धारामा
गोड मेल गर मल बिउ छर धानको सरामा !
बाचेको आफै यो जिन्दगानी श्रमको भरमा
बेलाउती काचो ख्याल होइन साचो श्रमकै भरमा।

२) आँसु र हासो दु:ख र पीर उर्लेको गण्डकी
गाएर गीत लाएर प्रीत रमाइलो जिन्दगी
कामगर्ने भन्दा ठगका घ्याम्पा सुतेका पिढीमा
बोझिलो भारी बोकेर किसान उक्लदै सिढीमा
बेलाउती काचो ख्याल होइन साचो उक्लदै सिढीमा

३) मलिलो माटो बारीको पाटो पसिना तरर
श्रमको मूल्य तोक्दैन सरकार मन रुन्छ धरर
असारे मौसम देखिन्न हिमाल कुहिरोले छेकेर
उत्पादन हाम्रो कसरी बढ्ला भ्रष्टाचार रोपेर
बेलाउती काचो ख्याल होइन साचो भ्रष्टाचार रोपेर

४) किसान हामी इमान रोप्छौ खेत र बारीमा
शोषण दोहन भ्रष्टता फल्यो देशको टारीमा
उन्नत बिउमा बिकृती फल्यो नेपाली खेतमा
निरन्तर किन ऐजेरु फैलियो नेपाल देशमा।
बेलाउती काचो ख्याल होइन साचो नेपाल देशमा।