गजल

धमिलो तस्वीर हेरेर आमाले चित्त बुझाउछिन्।
मक्किएको धुँरीखावो हेरेर परेला रुझाउछिन्।

भित्ता भित्तामा बाको हत्केलाको निशानी छ!
परमेश्वर सम्झेर निशानीमा शिर झुकाउछिन!

सपना साकार पार्न हर साँझ दियो बाल्नु पर्छ!
आफ्नो बिगत आजकल आमाले सुनाउछिन्।

धन्य लाग्छ मलाई धर्म संस्कृति र रितीरिवाज!
हर बिहान पुजा कोठामा आमा गुनगुनाउछिन्।