नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण बुधबार पक्राउ परेका छन् ।
प्रहरीले बुधबार बिहान निवासबाटै उनलाई पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण यसअघि प्रहरीमा बयान दिएर बोलाएका बेला हाजिर हुने शर्तमा घर आएका थिए ।
काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय हुुने जानकारी दिएका छन् ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीलाई चौतर्फी दबाब छ । एमालेले भने रायमाझीलाई कारवाही नगरी पर्ख र हेरको नीति लिएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ष्ण खाण मङ्गलवारदेखि मोबाइल अफ गरेर बसेका थिए । खाणलाई पक्राउ गर्दा घरको ढोका नै प्रहरीले फुटाएको छ । खाणले घरको ढोका खोल्न आनाकानी गरेपछि प्रहरी टोलीले ढोका नै तोडेको हो ।




