नेपाल नेत्रज्योति संघ कास्कीमा सुरेन्द्र थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
शनिबार भएको संघको अधिवेशनले वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चुनेको हो । उपसभापतिमा डा नन्द श्रेष्ठ, सचिव नारायण बराल, कोषाध्यक्ष राधिकाकुमारी शाही योगी, सहकोषाध्यक्ष शंकर गुरुङ र सहसचिव गणेशबहादुर ढकाल छन् ।
यस्तै सदस्यमा प्राडा ज्ञानबहादुर कार्की, सुशीला केसी अधिकारी, रमाकान्त बराल, पुष्पलक्ष्मी महर्जन, तुम्ला श्रेष्ठ, जनकराज पराजुली, मेघनाथ काफ्ले, अर्जुन बञ्जरा, दिलीपकुमार शर्मा र देवी गिरी छन् ।




