वासिङ्टन डिसी / चैत २८
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका सल्लाहकारमा मुक्तकमणि तीर्थराज अधिकारीलाई चयन गरिएको छ ।
लमजुङ जिल्ला दुराडाँडामा २००३ सालमा जन्मेका अधिकारी लाई वासिङटन डिसी अमेरिकाले उनको अनवरत साहित्यिक योगदानलाई कदर गर्दै हालैमात्र सल्लाहकारका रुपमा नियुक्त गरेको हो। अन्य सल्लाहकारहरुमा गीता खत्री , रोहिणी शर्मा, पुरु सुवेदी र सीता पाण्डे रहेका छन् । अधिकारी यस अघि बोर्ड अफ ट्रस्टीका पूर्व सदस्य थिए।
विश्वभर नेपाली उत्कृष्ट सिर्जनालाई विश्व समुदाय मा पुर्याउन नेपाली भाषा, कला, साहित्य संगीतलाई संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले सन् १९९१ मा अनेसास गठन भएको हो। यो संस्था धर्म निरपेक्ष, गैरराजनीतिक तथा गैर नाफामूलक अन्तर्राष्ट्रिय संस्थाका रूपमा परिचित छ । हाल विश्वभर करिव ६५ भन्दा बढी अनेसासका साहित्यिक शाखाहरु क्रियाशील छन्।






