हेलिकप्टर भेटियो, पाइलट घाइते अवस्थामा फेला

आइतबार बिहानदेखि सम्पर्कविहीन एभरेस्ट एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

हेलिकप्टरकाी पाइलट प्रिया कार्की घाइते फेला परेकी छन् । इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

उद्धारका लागि गएको एयर डाइनेस्टीको होलिकोप्टरले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा फेला पारेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

‘उनलाई अर्को हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौं ल्याइँदै छ’, प्राधिकरणले भनेको छ। उनलाई मेडिसिटी अस्पताल लैजाने तयारी छ ।