आज धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।
बेसक्याम्पमा सामान लिएर गएको हेलिकोप्टरको अवस्था र त्यसमा गएका यात्रुुबारे जानकारी आइसकेको छैन । पाइलट प्रिया अधिकारी हेलिकप्टर लिएर बेसक्याम्प पुुगेकी थिइन् ।






