गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २७ औं साधारणसभा एवं १० आंै अधिवेशनबाट निर्विरोध नयाँ कार्यसमिति चुनेको छ ।
समितिको अध्यक्षमा लक्ष्मण बास्तोला, वरिष्ठ उपाध्यक्ष युवराज लामिछाने, उपाध्यक्ष ईश्वरीप्रसाद लम्साल, सचिव हरिप्रसाद लम्साल, सहसचिव ऋषिराम बराल, कोषाध्यक्ष राजन अधिकारी र सहकोषाध्यक्षमा विजयराज आचार्य छन् ।
समितिका सदस्यमा खेमराज बराल, कृष्णप्रसाद पोख्रेल, विजय पौडेल, ऋतुनाथ लम्साल, दीपकराज बराल र सरस्वती केसी कार्की छन् ।






