अफिन गण्डकीको भित्तेपात्रो

प्राइभेट हस्पिटलहरुको संगठन (अफिन) गण्डकीको क्यालेन्डर शनिबार सार्वजनिक गरिएको छ ।

सो अवसरमा २०८० को पूूर्वसन्ध्यामा शुभकामना आदानप्रदानसमेत गरिएको छ । कार्यक्रममा सहभागी हस्पिटलका सञ्चालक, चिकित्सक तथा प्रशासकबीच गुणस्तरीय उपचार सेवा साथै विविध बिषयमा अन्तरक्रियासमेत भएको छ ।

अफिन गण्डकी अध्यक्ष डा गिरधारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्री, प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, गण्डकी मेडिकल कलेजका निर्देशक प्राडा टुमाया घले, नेपाल मेडिकल एशोसिएसनका उपाध्यक्ष डा राजन शर्मा, अफिन केन्द्रका उपाध्यक्ष हरि खड्का, अफिन गण्डकी उपाध्यक्ष कपिल शर्मा, डा चण्डिका पाण्डित, सचिव ऋषि खतिवडा लगायतले बोेलेका थिए ।