नेपाल शिक्षक संघ ओखलढुंगामा नयाँ समिति

नेपाल शिक्षक संघ ओखलढुङ्गाको हालै भएको नवौँ जिल्ला अधिवेशनले रमेशकुमार अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । अधिकारी राज्यलक्ष्मी मावि उँबुका प्रधानाध्यापक हुन् ।

उपाध्यक्षमा सुनकोशी मावि बलखुका प्रधानाध्यापक तारानाथ पहाडी निर्वाचित भएका छन् । बाला बानियाँ उपाध्यक्ष महिला, ध्रुवकुमार खड्का सचिव, विष्णुकुमार पराजुली सचिव अर्थ, नवराज दाहाल सहसचिव, निर्मला शर्मा, सहसचिव महिला, विष्णुकुमार रुपाचा सहसचिव समावेशी, रामबहादुर राई सहसचिव र दोलाकुमारी काफ्ले, सहसचिव अर्थ महिला निर्वाचित भएका छन् ।

सदस्यमा कृष्ण धमला, मिलन मगर, केशवप्रसाद कोइराला, तिलक श्रेष्‍ठ, गोमा ढुङ्गाना र भवकुमारी कटवाल छन् ।

जिल्लाबाट सङ्घीय प्रतिनिधिमा गोकर्णबहादुर बानियाँ, नारायणप्रसाद बाँस्तोला, विजयकुमार उपाध्याय, बुद्धिराज मुलिचा, विष्णुमाया अधिकारी, मीनाकुमारी कटवाल छन् ।

यसैगरी, प्रदेश प्रतिनिधिमा घनप्रसाद पुडासैनी, मोहनकुमार कार्की, लालप्रसाद भट्टराई, तोयानाथ काफ्ले, भगवती लामीछाने, पुनम खत्री छन् ।