रापाकोट पोखरा समाजमा गोविन्द काफ्ले

स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको १३ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले गोविन्द काफ्लेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । अधिवक्ता काफ्ले शिक्षण क्षेत्रमा समेत क्रियाशील छन् ।

समाजको उपाध्यक्षमा महेश्वर रिमाल, कोषाध्यक्षमा सीता चापागाई, सचिवमा प्रेम लम्साल र सहसचिवमा डिल्लीराम काफ्ले चुनिए । सदस्यहरूमा लालकान्त चापागाई, नेत्रप्रसाद काफ्ले, एकनारायण चापागाईं र कृष्णप्रसाद चापागाई छन् ।

समाजले फागुुपूर्णिमाको अवसर विशेष कार्यक्रमसमेत आयोजना गरेको छ । समाजका अध्यक्ष मेघनाथ काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा
समाजका संरक्षक हेमनारायण चापागाईले संस्था रापाकोटबासीको सुख दुखमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।

प्रेम लम्सालले संयोजन गरेको उक्त कार्यक्रममा सल्लाहकार डा भवानीशंकर पौडेल, विष्णु काफ्ले, भरत गिरी, धर्मदत्त पौडेल लगायतले संस्थाले रापाकोटबासीलाई एकताको सूत्रमा बाँधेको उल्लेख गरे ।

सभामा कोषाध्यक्ष महेश्वर रिमालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।