आन्दोलनमा श्रमिक समुदायको योगदान उल्लेखनीयः विकिरण

नेकपा निकट श्रमिक समुदाय मोर्चा धौलागिरी ब्युुरोको प्रथम बैठक आइतबार भएको छ । बैठकमा नेकपा केन्द्रीय समिति सदस्य तथा धौलागिरी ब्युुरो इन्चार्ज विकिरण सीले परिवर्तनका हरेक आन्दोलनमा श्रमिक समुदायको उच्च भूमिका रहँदै आएको उल्लेख गरे ।

बैठकमा जातीय छुवाछूत तथा विभेदका विरुद्ध मोर्चाले संघर्ष गर्ने लगायत अन्य महत्त्वपूर्ण निर्णय भएको मोर्चाका केन्द्रीय सचिव तथा धौलागिरी ब्युुरो इन्चार्ज उमेश सीले जानकारी दिए ।

मोर्चाका धौलागिरी ब्युुरो संयोजक राम सीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेता धौलागिरी ब्यूरो इन्चार्ज लक्ष्मण सी, मोर्चा सचिवालय सदस्य कुमार सी, बाग्लुङ नगर इन्चार्ज महेन्द्र सी, बाग्लुङ जिल्ला सेक्रेटरी क्रान्ति सी लगायतको उपस्थिति थियो ।

बैठकमा बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाबाट मोर्चाका पदाधिकारी र सदस्यहरु सहभागी थिए ।