अनन्ता सामुदायिकमा फागुपूर्णिमा

अनन्ता सामुदायिक सेवा समिति पोखरा २ विन्ध्यवासिनीले फागुपूर्णिमाको अवसरमा सोमबार विशेष कार्यक्रम गरेको छ ।

समितिका पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरुले नेपाली मौलिकपन अनुुसार फागूपूर्णिमा मनाउँदै आत्मीयता अभिवृद्धि गर्न कार्यक्रम गरिएको हो । समितिका पूर्व अध्यक्ष विजया रेग्मीले चाडपर्वले उल्लास र आत्मीयता बढाउने जनाइन् ।

संस्थाका अध्यक्ष कमला पराजुलीले संस्कार, संस्कृति नै मानिसको परिचय भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा निवर्तमान अध्यक्ष रंगीता सुवेदी, उपाध्यक्ष सरिता सुवेदी, सचिव हिमादेवी रेग्मी, कोषाध्यक्ष लक्ष्मी रेग्मी, इन्दिरा रेग्मी, विन्दु पराजुली, टीका आचार्य सुवेदी, गीता पराजुली लगायतले बोलेका थिए ।