साबिक लेखनाथ मा पहिलो पटक वडा स्तरिय महिला सन्जाल गठन भएको छ । पोखरा वडा न २६ को पहलमा आइतबार महिला सन्जाल गठन भएको हो ।
पोखरा २६ को वडा कार्यालय मा आइतबार स्थानीय महिला हरु भेला भयेर संजाल गठन गरेका हुन ।
स्थानीय तह मा लक्षित बर्ग बजेट कार्यन्वयन गर्न उपयुक्त उपभोक्त समिती को अभाव पूरा गर्न स्थानीय महिला सन्जाल आवस्यक भयेको वडा २६ कि वडा सचिब मिना भट्टराई भन्डारी ले जाइन् ।
उक्त सन्जाल को संयोजक मा स्थानीय सामजिक कार्यकर्ता लक्ष्मी देवि भट्टराई छिन । भेलाले ७ सदस्यीय तदर्थ समिती गठन गरेको हो ।
समितीले अन्य महिलालाई पनि समितीमा आवद्द गर्दै स्थानीय बिकासका काम गर्ने जनाइएको छ ।




