श्रद्धा आचार्य पोखरा
फागुन १५ गते २०७९
बलेँसी झर्छ आँखाबाट पानी
म कसरी बाँचु एक्लाे जिन्दगानी
दिलायाै नाम दाेषीकाे तिमीले
कहाँ टिक्ला झुटाे तिम्रो कहानी
सहेरै चाेट है खाेलेर भट्टी
तिमी रक्सीसँगै बेच्याै जवानी
छ दिलमा घाउ, खै शान्ति धरामा
दुखी आत्मा भिजेका छन् सिरानी
युगाैँ बाँचाेस् सबैकाे प्रेम यहाँ
कहिल्यै मर्न दिदैनाैँ निसानी ।