लघुकथा: शहीद दिलबहादुर रम्तेल

एक्कासी “ठ्याङ्ग “को आवाज वातावरणमा गुञ्जियो , अनि आवाज सँगै उ पनि उछिट्टिएर दुई मिटर पर बजारियो।उसलाई आफ्नो छातिमा कुनै तातो सुइरोले घोचेको महसुस भयो। उसले आफ्नो छातिमा छाम्यो, छातिबाट रगत बगिरहेको थियो। उसलाई के भयो भन्ने नै आभास भएन।

हेडसर लाई प्रहरिले लान दिनुहुदैन , भनेर आफुभन्दा ठुलाहरुले भनेका हुनाले, उ पनि त्यो भिडमा उभिएको थियो।अबोध अनि निर्दोष उ….!
केही पर बाट, बन्दुक बोकेका प्रहरिहरु उ तिर दगुर्दै आउदै गरेको देख्यो उसले।

सबैजना एता उता भाग्दै थिए। उ पनि उठेर भाग्न खोज्यो तर उठ्न सकेन,उसको शरीर शिथिल हुँदै थियो। छाती भित्रबाट अशनिय पीडा निस्केर शरीरभरी फैलदै थियो। आमा…..!! बाबा…..! उ चिच्याउन चाहन्थ्यो तर आवाज आएन….!
उसलाई एक्दमै जाडो भएको महसुस भएर आयो, दृष्टि धमिलो हुँदै जाँदै थियो।
पर गाउँ बाट मानिशरु, चिच्याउदै आउदै थिए। परबाट आएका आवाजहरु मधुरो हुँदै थियो…..!
मार्‍यो..नि,दि…ल ब….हा….दु…..र…ला….ई ……!

अनि उ निधायो चीर निन्द्रामा…..!अनेकौं प्रश्नहरु,अनेकौं सपनाहरु आफैसग लिएर उ….दिल्बहादुर रम्तेल मात्र १० वर्षको कलिलो उमेरमा बिलायो कहिँ शुन्यमा….!
ब्र्ह्मचारिणी निमाबी स्कुलको प्राङ्गणमा रक्ताम्य उ निस्प्राण पल्टिरह्यो……!!

उसको सवलाई सिपाहिहरुले नियन्त्रणमा लिए। गाउलेहरुको आवाज र शव पाउनु पर्ने मागलाई सिपाही हरुको वन्दुकले दबाइयो। अवस्था गम्भीर थियो। वन्दुकको अगाडि सवै गाउलेहरु निरीह थिए।
मेरो दिले……!! गइस नि बाबू…..!अब म कसलाई दिले भनेर बोलाउनु…?
मलाई दाउरा कसले खोजेर ल्याइदिन्छ…?
पधेरो बाट कसले पानी ल्याइदिन्छ..?

हे भग्वान….मेरो काख किन उजाडेउ…? यो नाबालकको के कसुर थियो…?यसलाई जनअन्दोलन सग के वास्ता थियो…?
हे सिपाही हो……!तिमिहरुलाई अलिकती पनि दया लागेन….? यो नाबालक को ज्यान लिन..?पिता सेते रम्तेल र आमा सरीमाया रम्तेल बिलाप गरिरहेका थिए।जराङअवस्थी का सम्पुर्ण गाउँवासिहरु द्रवित थिए, स्तब्ध थिए।दिल्बहादुरको यो अकल्पनीय अवशान मा।
अनि उ….दिल बहादुर रम्तेल जन आन्दोलनको पहिलो र कान्छो शहीद बनेर हामी नेपालीहरुको रगत,रगतमा, हक र अधिकारको आवाजहरुमा आज पनि सजीव र अमर बनिरहेको छन……!मेरो कथा वाचनको अन्त सगै ह तालिले गुञ्जियो।
शहीद दिल्बहादुर रम्तेल अमर रहुन…..!!!

मेरो आवाज सगै हल बाट पनि अमर रहुन…अमर रहुन को ध्वनिले हल गुञ्जयमान बन्यो।
“हे दिल्बहादुर तिमी धन्य थिएउ ….!सानैमा मरेर गएउ, नत्र अझै यहाँ बाँचेका भए शहीदहरुको नृशंस हत्या देखेर हजारौं चोटि मर्ने थियौ।”
एक्जना बृद्ध बैसाखिको सहारामा भुत्भुताउदै हल बाट बाहिर जाँदै थिए।उनको एउटा खुट्टा थिएन,झुस्स दाह्री, मैलो लुगा,दुब्लो शरीर थकित र निरीह देखिन्थे उनी…..!!!