कोहि धनी घरमा जन्मिर कालान्तरमा गरिब भए
कोहि गरिब घरमै जन्मिएर पनि कलान्तरमा धनी भए
कोहि धनै धन कमाएर रमाउन नपाई परलोक भए
कोहि धन कमाउनै नसकेर पनि लोकमै रहे
कोहि लोन नै लोन को जिन्दगी बाचे र पनि खसी भए
कोहि अरुलाई धनै धन दिएर पनि दु:खि भए
कोहि जवानिमै कमाए र जवानिमै रमाए
कोहि न जवानिमा कमाए न बुढेसकालमा रमाए
कसैका प्रेम बियोगमा परे तर बिहे बबाल भए
कसैका प्रेम बबाल भए तर बिहे तनाब भए
कोहि होचो भएकोमा कोहि अग्लो भएकोमा दु:खि
भए
कोहि मोटे अनि कोहि लुरे भएकोमा दुःखी भए
कोहि मासु बढाउदा खुसि भए कोहि मासु घटाउदा खुसि भए
कोहि महल बनाएर पनि दु:खि भए
कोहि झुपडीमै खुसि भए
कोहि आफ्नो भाग्य स्विकार्दै खुसि भए
कोहि अझै लोभ गर्दा खाडलमा फसे र दुःखी भए
कोहि नपढेर पनि खुसि भए
कोहि धेरै पढेर पनि दु:खि भए।
कोहि बिदेशीए र खुसि भए
कोहि बिदेशीएर दु:खि भए
एकै ठाउँमा जादा पनि खै किन कोहि खुसि भए कोहि दु:खि भए
धेरै मान्छे आफू सगँ जे छैन त्यहीँ खोजेर दुःखी भए
थोरै मात्र जे छ त्यसमै रमाए अनि खुसि भए ।
समय भन्दा अघि र भाग्य भन्दा बढि केही पाइदैन भन्ने थाहा हुदा हुँदै पनि ,
खै किन मान्छे यति धेरै दुःखी भए ??






