अनेरास्ववियू कास्की जिल्ला कमिटीले आयोजना गरेको फुटबल प्रत्योगिता अखिल कप २०७९ अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले उद्घाटन गरेका छन् ।
अखिल रचनात्मक र सिर्जनात्मक आन्दोलनको पर्याय पनि भएको र यसले शैक्षिक विकृति, विसंगतिका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको र यो जिम्मेवारी अब नया बिद्यार्थी साथिहरुले लिनुपर्ने उनले बताए ।
एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै पराजुलीले ओलीलेका हानेका छक्का अनेरास्ववियूले क्याच आउट गर्ने चेतावनी दिए । उनले स्ववियु निर्वाचनमा पृथ्वीनारायण क्याम्पसमा जित हासिल गर्ने उल्लेख गरे ।
सेभेन ए साइड फुटबलका बिजेताले प्रथम, द्धितीय र तृतीयले क्रमशः ५००००, ३००००,२०००० पाउने छन् ।
अनेरास्ववियु कास्की अध्यक्ष बज्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियू पृनाक्या अध्यक्ष रसिक न्यौपाने र महानगर अध्यक्ष संगम आचार्यले पनि बोलेका थिए ।




