पोखराका समालोचक एवं साहित्यकार डा कृष्णराज अधिकारी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ नियुक्त भएका छन् । प्रगतिशील लेखक संघ, गण्डकी साहित्य संगम जस्ता संस्थामा क्रियाशील अधिकारीका समालोचना, आख्यान र कविता विधाका कृति प्रकाशित छन् ।
प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई र उपकूलपतिमा विमल निभालाई छन् । सदस्य सचिवमा प्राडा धनप्रसाद सुवेदी छन् ।
प्राज्ञहरूमा मधुसूदन गिरी, राजन मुकारुङ, बाबा बस्नेत, डा कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने र त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् ।
२४ प्राज्ञसभा सदस्यमा गण्डकी प्रदेशबाट ४ जना छन् । गोरखाबाट प्राज्ञमा डा कौशिला रिसाल छिन् । प्राज्ञसभा सदस्यमा पर्वतबाट डा बालाकृष्ण अधिकारी, लमजङका प्रकाश तिवारी, स्याङ्जाका नारायणप्रसाद मरासिनी र डा विष्णुुकुमार सिन्जाली छन् ।




