हरिहर ज्येष्ठ नागरिक समाजको हालै भएको भेलाले लोकबहादुर तिमिल्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिव गणेशबहादुर तिमिल्सिना र कोषाध्यक्षमा गोविन्द बस्ताकोटी छन् । सदस्यमा शम्शेर केसी, गीता खत्री, सरस्वती गौतम, लक्ष्मी कार्की र विष्णुबहादुर खत्री छन् ।
समितिका सल्लहकारमा जगत कार्की, भीमबहादुर खत्री, महेन्द्रराज पौडेल, यामकुमार बस्नेत र मोहनबहादुर बस्नेत छन् । शनिबार आयोजित कार्यक्रममा तदर्थ समिति घोषणा भएको हो ।




