देवचुली नगरपालिका भित्र रहेका दुग्ध सहकारी तथा समुहलाई लक्षित गरि सञ्चालन गरिएको दुध प्रशोधन तथा दुग्ध पदार्थ विविधिकरण तालिम सम्पन्न भएको छ ।
देवचुली नगरपालिकाको आयोजनामा माघ २१ गतेदेखि ५ दिनसम्म सञ्चालन भएको तालिममा डेरि तथा पशुपंक्षी विज्ञ डा. माधव पाण्डेले प्रशिक्षण गर्नुभएको थियोे भने समग्र कार्यक्रमको संयोजन नगरपालिकाका अधिकृत शिव सापकोटाले गर्नुभएको थियोे ।
तालिममा दुधको प्रशोधन र दुधबाट दहि पनिर क्रिम नौनी घ्यु खुवा पेडा वर्फि गुदपाक लगायतका विभिन्न परिकारहरु बनाउन सिकाईएको छ । तालिम समापन समारोहमा बोल्दै तालिममा सहभागीले आफ्नो स्थानीय ठाउमा विज्ञ ल्याएर तालिम दिएकोमा नगरपालिकालाई धन्यवाद दिएका छन ।
समारोहमा प्रशिक्षक डा. माधव पाण्डेले यस प्रकारको तालिम सञ्चालन गर्ने देवचुली नगरपालिका नेपालमै पहिलो रहेको र नेपालका अन्य स्थानिय तहले देवचुलीबाट सिक्नुपर्ने कार्यक्रम रहेको बताउनुभएको थियोे । समापन समारोहका नगर उपप्रमुख पार्वता तिवारीले तालिमका विषयबस्तु सबैले व्यबहारमा उतार्नुपर्ने र देवचुली नगरपालिकालाई कृषि तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन कृषक तथा सहकारीलाई आवश्यक पर्ने सबै सहयोग गर्न नगर सरकार सधै तयार रहने बताउनु भएको थियोे । कार्यक्रमको अध्यक्षता वडा न ३ का अध्यक्ष तथा सञ्चालन शिव सापकोटाले गर्नुभएको थियोे ।






