पत्रकारिताबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेकोमा महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ ।
संस्थाको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा बिहीबार शर्मालाई सम्मान गरिएको हो । शर्मा राष्ट्रिय समाचार समितिसँग आवद्ध छिन् । उनी नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष पनि हुन् ।
मुख्यमन्त्री खगराज अधिकारी र मञ्चका अध्यक्ष पार्वती पाण्डेले १० हजार रुपैयाँ नगदसहित सम्मानपत्रबाट उनलाई सम्मान गरेका हुन् ।
सो अवसरमा प्रदेश सभा सदस्य देवका पहारी, पत्रकार रोहित बस्नेतलाई पनि सम्मान गरिएको थियो । उनले जनस्तरबाट हुने यस खालका सम्मानले पत्रकारिताको वास्तविक मर्म अनुसार चल्न पत्रकारलाई उत्साह र ऊर्जा मिल्ने बताइन् ।
ओटेफ पोखराको अध्यक्षमा उमा रेग्मी भण्डारी चयन निर्वाचित भएकी छन् । उपाध्यक्षमा ममता न्यौपाने, महासचिवमा लक्ष्मी लामिछाने, सचिवमा शर्मिला न्यौपाने, कोषाध्यक्षमा शारदा भुजेल, सहकोषाध्यक्षमा रीता रेग्मी पौडेल चुनिएका छन् ।

मञ्चको सदस्यमा कान्ती अधिकारी, माया सुवेदी, भावना रानाभाट, सुशीला भण्डारी, लक्ष्मीदेवी तिमिल्सिना, मञ्जुकुमारी शर्मा भट्टराई, मञ्जु काफ्ले, सरीता शर्मा, विष्णुमाया शर्मा सुवेदी र विकल्प बोगटी छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्दै जाने प्रतिवद्धता गरे ।
संस्थाका अध्यक्ष पार्वती पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा, संस्थाका उपाध्यक्ष उमा रेग्मी भण्डारी, महासचिव ममता न्यौपाने लगायतले बोलेका थिए ।






