प्रगतिशील वाङ्मयमा नयाँ नेतृत्व

प्रगतिशील वाङ्मय प्रतिष्ठान पृथ्वीनारायण क्याम्पसको १४ औं साधारणसभा तथा चौथो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ । नवीन अधिकारीको अध्यक्षतामा बनेको समितिका उपाध्यक्षत्रयमा श्रद्धा आचार्य, मनोज कुँवर र प्रताव शाह(राणा) छन् ।

प्रतिष्ठानको सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षः शुभम् पंगेनी, सहसचिव राजन अधिकारी र सुशन पौडेल छन् । यसैगरी सदस्यमा कुशल भण्डारी, अनिष अधिकारी, स्वस्तिका आचार्य, हरिवोल अधिकारी, समीक्षा आचार्य, विवेक अधिकारी, साकार शर्मा, अविशेष रेग्मी र रक्षा पौडेल छन् ।

कार्यक्रममा वाम बुद्धिजीवी रामराज रेग्मीले वाङ्मयिक क्षेत्रले जनतालाई यथार्थबारे जानकारी दिई समुन्नत समाजका लागि योगदान गर्नुपर्ने बताए । साहित्यकार मदन भण्डारीले प्रतिष्ठानले स्थापनादेखि नेपाली साहित्यको उत्थान र प्रगतिशील साहित्य, सांस्कृति निर्माणका लागि गर्दै आएका कामलाई निरन्तरता दिन आग्रह गरे ।

मुक्तक मञ्च केन्द्रीय समिति अध्यक्ष एवं प्रतिष्ठान पूर्वअध्यक्ष रामजीप्रसाद आचार्यले प्रतिष्ठानले विद्यार्थीलाई सिर्जनशील, रचनात्मक बनाउँदै नेपाली साहित्यका क्रियाशील बनाउन योगदान गर्ने अपेक्षा गरे । नवनिर्वाचित अध्यक्ष नवीन अधिकारीले आवधिक प्रकाशन, विभिन्न प्रतियोगिता, अन्तक्र्रिया जस्ता गतिविधि गरी साहित्यको उत्थानमा प्रतिष्ठान क्रियाशील हुने प्रण गरे ।

संस्थाका अध्यक्ष सुवास पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका पूूर्वसचिव फडिन्द्र अकिञ्चन, साहित्यका दीपक पराजुली, सन्देश पौडेल, शरण सिं विक लगायतले बोलेका थिए ।