कांग्रेस राज्यमन्त्री दिए पनि सरकारमा आउँछ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिका लागि चाहना गर्नु अनौठो कुरा नभएको बताएका छन् । तर, सत्तापक्षकै उम्मेदवार राष्ट्रपति बन्ने उनले दाबी गरे ।

विराटनगरमा सञ्चारकर्मीहरूले ओलीलाई कांग्रेसले राष्ट्रपतिमा दाबी गरिरहेको विषयमा सोधेका थिए । ओलीले जवाफ दिए, ‘कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको हो । तर राष्ट्रपतिको उम्मेदवार हुन्छु, हामीलाई दिनुस भन्नु, हामीले पाउनुपर्छ भन्नु अनौठो कुरा होइन ।’

अहिले बनेको नयाँ समीकरणको उम्मेदवारलाई यदि कांग्रेसले पनि सहमति गर्‍यो भने राष्ट्रिय सहमति बन्ने उनको भनाइ छ ।
ओलीले भने, ‘कांग्रेस त गृह राज्यमन्त्री पाए पनि सरकारमा आउँछ ।’