गामामा सन्तोषकुमारको नेतृत्व

गण्डकी अटो मेकानिकल वक्र्स एसोसिएसन(गामा)को १४ औं अधिवेशनले सन्तोषकुमार मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा योगेन्द्रराज भण्डारी, उपाध्यक्ष कृष्णबहादुर खाँड, महासचिव विष्णुप्रसाद अधिकारी, सचिव हिमाल तिमिल्सिना, कोषाध्यक्ष अर्जुनप्रसाद उप्रेती, सहकोषाध्यक्ष लीलबहादुर सुनार छन् ।

सदस्यमा एकबहादुर बानियाँ, जगन्नाथ गर्तौला, नवराज सुनार, हुमराज भण्डारी, जिरजोधन बैठा, सन्तोष राउत कुर्मी, निहाल अन्सारी, जयप्रकाश शर्मा छन् । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अटो मेकानिकल व्यवसायलाई व्यवस्थापन गर्न ३ ठाउँमा अटो ल्याण्ड निर्माण गरिने बताए । नवनिर्वाचित समितिलाई पदस्थापन गराउँदै नेपाल अटो व्यवसायी महासंघका उपाध्यक्ष कुलबहादुर नेपालीले मेकानिक्सको क्षमता, दक्षता विकासका लागि महासंघमार्फत सहयोग गर्ने प्रतिवद्धता गरे ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सल्लाहकार माधवराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ प्रदेश अध्यक्ष सन्तकुमार भट्टराई, पूर्व अध्यक्ष सानुमान जलारी, रेडक्रस गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, प्रेस सल्लाहकार कृष्णबहादुर थापा, पत्रकार सूर्य सिकारु, पूर्व कोषाध्यक्ष रत्नबहादुर थापा, कार्यालय प्रमुख पार्वती बराल लगायतले बोलका थिए ।