अफिन गण्डकीमा नयाँ नेतृत्व

एसोसिएसन अफ प्राइभेट हेल्थ ईन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको दोस्रो अधिबेशनले डा गिरधारी शर्माको अध्यक्षतामा नयाँ समिति चुनेको छ । शर्मा सहारा अस्पतालसँग आवद्ध छन् ।

समितिको उपाध्यक्षमा चरक मेमोरियल हस्पिटलका कपिल पोखरेल, सचिव बिजी हस्पिटलका ऋषि खतिवडा र कोषाध्क्षमा कास्की मोडेल हस्पिटलका सूर्य पोखरेल छन् । सदस्यमा आमाबा हस्पिटलका डा सन्दीप गोरखाली, फेवासिटी हस्पिटलकी डा चन्डिका पन्डित, लमजुङ मोडेल हस्पिटलकी कल्पना पौडेल, वालिङ् हस्पिटलका शोभाकान्त पौडेल, एपोलो हस्पिटलका चूडामणि दाहाल छन् ।

नयाँ समितिका आमन्त्रित सदस्यमा नमस्ते हस्पिटलका डा केशव शर्मा, ग्यालेक्सी हस्पिटलका दिपेन थापा, फेवासिटी हस्पिटलका दिनेशबाबु खड्क, कास्की सेवा हस्पिटलका ऋषिराम सापकोटा छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई स्वास्थ्य पर्यटनको हब बनाउने गरी काम गर्नुपर्ने बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसंगै भारत र चीनका समेत धेरै नागरिकलाई पोखरामा स्वास्थ्य उपचारका लागि आउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री अधिकारीले भने, ‘निजी क्षेत्र, सरकार र सहकारी क्षेत्र मिलेर गण्डकी प्रदेशको राजधानीलाई स्वास्थ्य पर्यटनको हब बनाउने गरी काम गरौ, त्यसका लागि गण्डकी प्रदेश सरकार समन्वय गर्न तयार छ ।’

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्री , अफिन केन्द्रका अध्यक्ष डा पदमबहादुर खड्का, सम्मानित व्यक्तित्व डा कालु शर्मा लगायतले कार्यक्रममा बोलेका थिए ।

समारोहमा स्वास्थ्य क्षेत्रमा लामो समय सेवारत स्वास्थकर्मीलाई दीर्घसेवा सम्मान गरिएको थियो । डा। कालु शर्मा, नर्स सरिता गुरुङ, फार्मेसिस्ट श्रीराम पराजुली, हरिबहादुर केसी, रेडियोलोजी क्षेत्रमा सेवारत शारदाप्रसाद न्यौपाने र अफिनका संस्थापक अध्यक्ष अशोक पालिखेलाई सम्मान गरिएको थियो ।

अफिन गण्डकीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा कार्यक्रम भएको हो ।