राहत कृषि सहकारीको अध्यक्षमा अन्जु

राहत कृषि सहकारी संस्था पोखरा ५ को पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अञ्जु केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ ।

समितिको उपाध्यक्षमा महेन्द्र पौडेल, सचिव वासुदेव पौडेल, कोषाध्यक्ष प्रकाश रेग्मी र सहसचिवमा बोधराज रेग्मी छन् । सदस्यहरुमा गुरुदत्त शर्मा पौडेल, महेन्द्र सापकोटा, कृष्णमुरारी बास्तोला, कमला गुरुङ थापा, टंकदेवी कार्की र देवेन्द्र अधिकारी छन् ।

लेखा समिति संयोजकमा धर्मदत्त पौडेल र सदस्यमा रविचन्द्र जम्मरकट्टेल र दीपक उपाध्याय निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता शिवराज पौडेलले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरका सहकारी दर्ता अधिकारी भरतराज पौडेलले सहकारीका मान्यता अवलम्बन गर्दै अघि बढ्न आग्रह गरे । अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारीलाई बलियो बनाउने जिम्मेवारी सबै सहकारीकर्मीको हुनुपर्ने उनको भनाइ छ ।

सहकारीका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उज्ज्वल खत्री, सचिव रविचन्द्र जमरकट्टेल, सदस्य अर्जुनप्रसाद पौडेल लगायतले बोलेका थिए ।

नवनिर्वाचित अध्यक्ष केसीले अबको आवश्यकता कृषि क्रान्ति भएको र सबै सदस्यहरुलाई निर्वाहमुखीबाट व्यवसायमुखी कृषिमा लाग्न जोड दिने बताईन् । सहकारीका स्थापित मान्यता र सेयर सदस्यको आकांक्षा बमोजिम संस्थालाई अघि बढाउने उनको भनाइ छ ।