जे देखियो हजुर अब सोहि कुरा लेखियो
भ्रष्टाचारको पहाडले जनाधिकार छेकियो
प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जे फलाके पनि
जनताको जीवन रङ फिका फिका देखियो
जनवादी भन्नेहरु, सबै समाजबादी भन्नेहरु
बोलिमात्र व्याहारमा झुट्टा फाइफुट्टा भेटियो
कामभन्दा कुरा ठूला हिड्न लाग्यो खुट्टा लुला
क्रान्तिकारी छाप पनि जनहृदयमा मेटियो
अग्रगामी पश्चगामी समाजमा सबै दामी
खुदो पानी, मह पानीझै सरावरी फेटियो
संघर्षमा खारिएका, आन्दोलनमा मारिएका
महान हाम्रा सहिदको फेरि गला रेटियो
माछो माछो भ्यागुतो खेल भयो जिन्दगानी
घुमी फिरी रुम्जाटार पुरानै आँगन टेकियो ।