पोखरामा फोर नेसन्सको शाखा

अस्ट्रेलिया, युरोप, अमेरिका लगायतका मुलुकमा अध्ययनका लागि जाने नेपालीको संख्या बढ्दो छ । यसरी जाने विद्यार्थीलाई सघाउने कन्सल्टेन्सीहरु पनि बढिरहेका छन् । फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिसा सर्भिसेजले पोखरामा शाखा विस्तार गरेको छ ।

अस्टे«लियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको फोर नेसन्सका प्रिन्सिपल विलियम इ डाइजले शुक्रबार आयोजित कार्यक्रममा चिप्लेढुंगामा स्थापित शाखा सुरुआत गरे । उनले अस्टे«लियाको शिक्षा र त्यसपछि उपलब्ध हुने अवसर विश्वमै अब्बल रहेको बताए । इमिग्रेसन लयरसमेत रहेका डाइजले भने, ‘अस्ट्रेलिया अद्भूत अवसर भएको सुन्दर मुलुक हो । हामी त्यहाँ जान चाहने विद्यार्थीलाई सबै प्रकारका सेवा दिन्छौं ।’

अस्टे«लियाले अहिले २ सय प्रकारका भिसा दिइरहेका जनाउँदै विशेष दक्षता भएकाहरु जाने चाहे पनि आफूहरुले सघाउने उनले बताए । सन् २००६ मा स्थापना भएको फोर नेसन्सले हालसम्म ३० हजारभन्दा बढी विद्यार्थीलाई अध्ययनका लागि अस्टे«लिया जान सघाएको कम्पनीको दाबी छ ।

कम्पनीका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर कोमलराज पाठकले नेपाली विद्यार्थीको रुचि, अध्ययन र त्यसपछिका अवसर हेर्दा अस्ट्रेलिया आकर्षक देश भएको बताए । उनले भारत, भियतनाम र नेपालमा कार्यालय रहेको फोर नेसन्सले दिएको सेवाबाट अहिलेसम्म विद्यार्थीहरु सन्तुष्ट रहेको बताए ।

कन्सल्टेन्सीका पोखरा शाखा प्रमुख नारायण सुवेदीले कास्की र आसपासका जिल्लामा रहेको विद्यार्थीलाई लक्षित गरी शाखा खोलिएको बताए । अस्ट्रेलिया, अमेरिका र क्यानडामा उच्च शिक्षा अध्ययनमा जान चाहने विद्यार्थीलाई उचित परामर्श र प्रक्रियामा सहयोग गरिने उनको भनाइ छ ।