कास्की प्रदेशसभामा कांग्रेसको दोस्रो जित

प्रदेशसभा सदस्यमा कास्की ३ (१) मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी भएका छन् । एमाले उम्मेदवार राजिव पहारीलाई पराजित गर्दै बराल विजयी भएका छन् ।

बरालले १२ हजार ३ सय ६७ मत ल्याएका छन् भने एमालेका पहारीले ११ हजार ९ सय २ मत पाए । यसअघि कास्की २ (२) मा कांग्रेसका विन्दुकुमार थापाले जित निकालेका छन् ।