बिना मगरलाई हराउँदै माननीय बने तारा लामा

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङ प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५४६ मतले हराउँदै लामा प्रतिनिधिसभा सदस्य बनेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले तामाङ २४ हजार ८९२ मतसहित निर्वाचित भएको जनाएको छ। मगरले १९ हजार ३४६ मत पाएकी छन्।

एमालेले विसं २०४८ यताका ६ वटा निर्वाचनमध्ये यो क्षेत्रमा प्रतिनिधि सभाको एउटा निर्वाचन मात्रै जितेको थियो।

०५१ यता कञ्चनपुर क्षेत्र नम्बर १ मा जितविहीन एमालेलाई तामाङले २६ वर्षपछि जित दिलाएका छन्।

२०७४ मा वाम गठबन्धनबाट आफ्नो भागमा परेका प्रदेशसभाका दुवै क्षेत्रमा एमाले विजयी भएको थियो। प्रदेशसभा ९१० बाट अहिलेका प्रतिनिधि सभामा जितेका तारा लामा तामाङ र प्रदेशसभा २ बाट पूर्वराज्यमन्त्री कुलवीर चौधरीले बाजी मारेका थिए।