मेटमणिलाई शान्ता चौधरीको शुभेच्छाः मन्त्री बन्नू, पार्टी नफेर्नू

दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् ।

२६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् । पराजित भएपछि शान्ताले मेटमणिलाई आफैंले लगाएको अबिरको केही भाग हातले निकालेर लगाइदिइन् । शान्ताले भनिन्, बधाइ छ, मन्त्री बन्नू, फेरि पार्टी नफेर्नू ।

यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाइन् ।