
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पोखरा नवौं पार्टी पुर्नगठन दिवस बिहीबार मनाएको छ ।
पार्टीको महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागीले आपसमा खुसीयाली साट्दै एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा श्रमिक समुदाय मोर्चा केन्द्रीय सचिव उमेश सिकेले सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र नेपाली जनताको मुक्ति सम्भव रहेको बताए । उनले भने, ‘हाम्रो पार्टी शासन व्यवस्था बदल्ने जनताको मुक्ति र समाजवादको यात्रामा छ । विस्तारै जनतामा यो विश्वास बढ्दै गएको छ ।’
पार्टीकी महानगर कमिटी सेक्रेटरी सोममाया विकले पुनर्गठन दिवसले क्रान्तिलाई अघि बढाउने प्रेरणा दिने बताइन् । कार्यक्रममा क समुदाय मोर्चा गण्डकी संयोजक कुमार परियार, पार्टीका लेखनाथ सेक्रेटरी कर्ण जिसी, जनपत्रकार संघकी केन्द्रीय सदस्य निरुता विक, कमल खड्का विक लगायतले धारणा राखेका थिए ।