देउवाको क्षेत्रमा स्वतन्त्रको जित

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्।

उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरेका हुन्।

बोहराले १० हजार ९ सय ७० मत पाए। बोहरा सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री हुन्।