नयाँ तरिकाले विजयोत्सव मनाउँदै रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अत्यधिक मतका साथ यहाँबाट निर्वाचित भएका छन्। रविले विजय जुलुस नगरी आज र भोलि धन्यवाद सभा गर्ने भएका छन् ।

८३९५६ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६४ भोट प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाए।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४२८१ भोट बढी पाएका छन्।

चितवन २ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो। यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए।

परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि उनी बलियो बनेका हुन्।

रविले लामो समय विभिन्न टेलिभिजनमा ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम चलाए। त्यो कार्यक्रमबाट उनले अनियमितताविरूद्ध आवाज उठाएको, असहायहरूलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भनेर धेरै मतदाताले रविको प्रशंसा गरेका थिए।

रविको फेसबुक स्टाटस
राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०( गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा ूधन्यवाद सभाू गर्दैछु।

माला, अबिर,खदामा हामीले गरेको खर्च प्रायस् सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।

एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा ूसमस्या पेटिकाू लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा ूउजुरी, समस्या, सुझाव पेटिकाू लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्रायस् सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।।।