सोलुखुम्बुमा एमालेको सरप्राइज, बलबहादुर हारे

कहिल्यै नजितेको सोलुमा नेकपा एमालेले सोलुखुम्बुमा इतिहास रचेको छ । एमालेले सत्ता गठबन्धनका प्रभावशाली उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गरेको छ ।

स्थानीय तहको मत अनुसार आधाभन्दा कम रहेको एमालेले सोलुखुम्बुमा सरप्राइज दिएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज मानवीर राई बलबहादुर केसीलाई हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

मानवीरले १९३२४ पाउँदा बलबहादुर केसी १६५४५ मा रोकिए । दुईबीचको मतान्तर २७७९ छ ।

यसपटक केसी पराजित हुने कल्पना कसैले गरेका थिएनन् । माओवादीले यहाँ पाएको सीट केसीका लागि छाडेको थियो ।

प्रदेशसभामा भने एमाले र माओवादीले एक एक सीट जितेका छन् ।