
निर्वाचनमा पराजित माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिएका छन् । पीएससँग देव गुरुङ लमजुङ प्रतिनिधिसभामा ३१८८ मतले पराजित भएका हुन् ।
बिहीबार बिहान पृथ्वीसुब्बा बसेको होटल पुगेर देवले बिहान बधाई दिएका हुन् । भेटमा देव गुरुङले वामहरू एक हुनुपर्ने भएकाले त्यसको पहल गर्न पृथ्वीसुब्बालाई आग्रह गरेका थिए ।