चुनावअघि समाजवादी छाडेका गणेशमान सांसद

कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा एमालेका गणेशमान गुरुङ निर्वाचित भएका छन् । उनले १४ हजार ४ सय ७३ मत ल्याए ।

उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले ९ हजार ६ सय ६२ मत पाए । राप्रपाका केदारनाथ पौडेलले ३६९७ मत ल्याएका छन् ।

गुरुङ एमाले छाडेर २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम पार्टीमा प्रवेश गरेर निर्वाचनमा उम्मेदवार भएर पराजित भएका थिए । केही समयअघिमात्रै उनी एमाले फर्किएका हुन् ।