सप्तरीमा पूर्व मन्‍त्रीलाई पराजित गर्दै जनमत पार्टीको जित

सप्तरीकै २ (२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादीमा सक्रिय महेश पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार बनेका थिए ।

उनले पूर्व सिंचाईमन्त्री उमेश यादवलाई ६ हजार ३ सय २ मतान्तरले पराजित गर्दै जित निकालेका हुन् । विजयी महेशले १३ हजार ३ सय २५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी माओवादीका यादवले ७ हजार २३ मत प्राप्त गरे ।

सप्तरी २ (१मा) पनि जनमत पार्टीले नै जित हासिल गरेको छ ।