बागमतीका सभामुख पराजित, काठमाडौंमा राप्रपाको पहिलो जित

बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा ९क० मा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुनिल केसीसँग पराजि भएका हुन्।

प्राप्त परिणामअनुसार केसी ६ हजार ५९८ मतसहित विजयी हुँदा श्रेष्ठ ५ हजार ७९ मतमा समेटिएका छन्।

यो प्रदेश क्षेत्रमा नेपाली कांग्रेसका ध्रुव केसी ३ हजार ८४७ मतमा समेटिए। श्रेष्ठल २०७४ मा यही क्षेत्रबाट विजयी भएर बागमती प्रदेशसभाको सभामुख भएका थिए।

श्रेष्ठ २०५४ सालमा जिल्ला विकास समिति काठमाडौंको सभापति पनि भएका थिए।