कैलाली १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

स्थानीय तहको निर्वाचनअघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका तीनटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ।

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ ले क्षेत्र नं १ मा १८५७ मतसहित अग्रता लिइरहेकी छिन्। उनलाई कांग्रेसका रामजनम चौधरी ११९९ मतसहित पछ्याइरहेका छन्। एमालेका तपेन्द्र रावलको जम्मा ४२ मत छ।

कैलाली २ नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले २८१ मत ल्याएका छन्। गठबन्धन उम्मेद्वार माओवादी केन्द्रका भगत बडुवालले ९४ र नेकपा एमालेका झपट रावलले ६९ मत पाएका छन्।

क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका ६ हजार दुई सय ९२ मतगणना भएका छन्। सुरुवाति परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी अगाडि छन्।

उन्मुक्तिका चौधरीको २१५०, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १५४८, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको १०५० र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको १२७६ मत छ।