जिल्ला प्रहरी कार्यालय बागलुङले जघन्य अपराध गरेको आरोपमा एक युवालाई सार्वजनिक गरेको छ ।
गत असोज २९ गते बागलुङ नगरपालिका वडा नम्बर -१ बस्ने ४२ बर्षीय फुलमाया बोटेको बलात्कार पछि हत्या भएको घटना सार्वजनिक भयो । जिल्लाको सदरमुकाम समेत रहेको नगरपालिकामा नवौं राष्ट्रिय खेल चलिरहेको स्थलबाट ३०० मिटरको दुरिमा उक्त घटना घटेको थियो ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर १ मा एक महिलालाई बलात्कार पछि हत्या र हत्या पछी लुटपाट समेत गरेको घटनामा संलग्न दोषीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ ।
नगरपालिकाको १ नम्बर वडाकै बाङगेचौर खेल मैदान देखि कालिगण्डकी नदितर्फ जाने गोरेटो बाटो छेउमा भएको हत्यामा संलग्न रहेको बर्ष २६ को प्रकाश योगीलाई पक्राउ गरि सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए ।
असोज २९ गते साँझ ५:४५ मा घटेको घटना प्रहरीलाई ३ घण्टापछी मात्र खवर भएको थियो । कालीगण्डकी नदि किनारको माझीबस्तीमा बस्ने फुलमाया बागलुङ बजारमा सामान्य ज्याला मजदुरी गर्दथिन ।
बजारबाट घरतर्फ फर्कने क्रममा योगीले बलात्कार गरि हत्या गरेको र मृतक बोटेले लगाइका गरगहना समेत लुटेको योगीले स्विकारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए ।
समाजको शान्ति सुरक्षा कायमगर्न खटिएको प्रहरी कार्यालयको नजिकै गुधुली साँझमा घटेको घटनामा संलग्न दोषी पत्ता लगाउन प्रहरीलाई घटना घटेको खवर ढिला भएका कारण केही दिन ढिला भएको ज्ञवालीले बताए ।
नाताले भाई पर्ने र छिमेकी समेत रहेका आरोपी योगीले बोटेको व्याक्तीगत रिसिभी र आर्थिक अभावका कारण हत्या गरेको वयानका क्रममा जनाएको योगीलाई उदृत गर्दै प्रमुख ज्ञवालीले बताए ।
बोटे असोज २९ गते शनिबार दिउसो बागलुङ बजारमा किनमेलका लागि आएको र साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा पोखरा बागलुङ सडक माथिको भिरमा परिवारले भेटेका थिए ।
अति व्यस्त शहरनजिकै निकै गम्भीर घटनामा संलग्न दोषी पत्ता लगाउनु प्रहरीको ठुलो सफलता रहेको बागलुङ नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष जय बहादुर केसीले बताए ।
घटनाको प्रारम्भिक अनुसन्धान पछि दोषी पत्ता लगाएपनी मृतकले लगायका गरगहना एवं घटनामा अरु कोही संलग्न रहे नरहेको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
दोषी योगीलाई जिल्ला अदालत बागलुङ बाट १० दिनको म्याद थपी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मृतक माझीका श्रीमान, १ छोरा र ३ छोरी रहेका छन् ।




