खेलाडीको मृत्युपछि नवौं खेलकुदमा प्याराग्लाइडिङ प्रतियोगिता स्थगित

प्याराग्लाइडिङ खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ प्रतियोगिता स्थगित भएको छ ।

प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघ शैलेन्द्र राउतले बताए ।
क्रस कन्ट्री प्याराग्लाईडिङ खेलमा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ सारङकोटमा खस्दा त्रिभुवन आर्मी क्लबका निसिम थापाको मृत्यु भएको थियो ।