शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।

यसअघिनै अस्पताललाई आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्नेबारे छलफल हुँदैछ।

शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका थिए।

औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ? भन्ने जानकारी मिलोस् भनेर उनले आफ्नो शरीर दान गर्न घोषणा गरेका थिए।