राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध भएका छन् । गण्डकीका युवा तथा खेलकुद मन्त्री उनले मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवार थिए ।
उनीसँग प्रतिस्पर्धामा रहेका अर्का स्वतन्त्र उमेदवार दोर्जे लामा गुरुङले उमेदवारी फिर्ताका लागि आवेदन दिएका छन् । सत्ता गठबन्धन र एमालेबाट यहाँ उम्मेदवार छैनन् । निर्विरोधको औपचारिक घोषणा हुन भने बाँकी छ ।




