सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले टिकट पाएनन् ।
डोटीबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका तथा नभए प्रदेशसभा सदस्यमा समेत उम्मेदवारको आकांक्षी रहेका सुदूरपश्चिमका मुुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादीले टिकट दिएन ।
मुख्यमन्त्री भट्टलाई उछिन्दै उनकै प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले प्रदेशसभा सदस्यमा टिकट पाएका छन् । ओलीले मुुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्र डोटी खबाट टिकट पाएका छन् ।






