राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या आएपछि आज राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएकी हुन्।
शुक्रबार बेलुकादेखि स्वास्थ्यमा समस्या आएपछि उनी आज शनिबार अस्पताल पुगेको उनका प्रमुख स्वकीय सचिव डा।भेषराज अधिकारीले जानकारी दिए।
‘राष्ट्रपति ज्यु ज्वरो आएपछि परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जानुभएको छ,’ उनले भने, ‘डाक्टरहरूले परीक्षण गरिरहेका छन्। अस्पतालमै बस्ने या फर्किने भन्नेबारे निर्णय जाँचपछि डाक्टरले दिने सल्लाह अनुसार हुन्छ।’






