मनास्लु हिमपहिरोमा परी एक जना बेपत्ता भएका छन् । आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविर बीचमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले सेभेनसमिट ट्रेक्स कम्पनीका एक शेर्पा बेपक्ता भएको जनाए ।
बेपत्ताको हेलिकप्टर परिचालन गरी खोजी गरिए पनि आइतबार साँझसम्म केही पत्ता लागेको छैन ।
गत सोमबार बिहान गएको हिमपहिरोम पुरिएर हाई अल्टिच्युड गाइड अनुप राईको मृत्यु भएको थियो भने १० जनाको उद्धार गरिएको थियो ।






